काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपूरमा आज भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो ।
जितका लागी कर्णालीले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको जनकपुर १५. १ ओभरमा २ विकेट गुमाएर विजयी भयो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धासरत २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।
यसअघि शनिबार भएको पहिलो खेलना जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको थियो । यो सँगै जनकपुरले लागातार दोस्रो जित निकालेको छ ।

