काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित तराईका केही ठाउँमा बिहानैदेखि लागेको हुस्सु हट्न थालेको छ । हुस्सु लागेका केही ठाउँमा भिजिविलिटी पनि कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विराटनगर, भैरहवा, पोखरालगायतका क्षेत्रमा मसिनो कणसहितको हुस्सु लागेर भिजिविलिटी कम भए पनि घाम लाग्दै जाँदा अहिले विस्तारै भिजिविलिटी बढ्दै गएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । दिउँसोसम्म सबैतिरको हुस्सु हट्ने उहाँको भनाइ छ ।

यसैबीच अहिले देशभर पश्चिमी तथा पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव छ । महाशाखाका अनुसार कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

Avatar
Website |  + posts