तुलसीपुर, १६ कात्तिक । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–३ राम्रीका ५० वर्षीय दोर्ण थापा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

 

यही कात्तिक १० गते राती १२ बजेको समयमा तुलसीपुरबाट राम्री तर्फ जादै गरेको रा ३ प ७१८५ नम्बरको मोटरसाइकल तुलसीपुर–४ रक्षाचौर नजिकै आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको थियो ।

Avatar
Website |  + posts