दाङ,२३ असोज । दाङमा लागूऔषध सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रूकुम पुर्व पुथाउत्तरगंगा गाउँपालिका ४ बस्ने ३७ वर्षीय सुविन्द्र पुन, सोही गाउँपालिका ३ बस्ने ५१ वर्षीय चेतन बुढा र घोराही उपमहानगरपालिका १८ मसिना बस्ने रूकुम पूर्व घर भएकी ४२ वर्षीया बिनी पुन रहेका प्रहरीले जानकारी दिएको छ ।

घोराही उपमहानगरपालिका १८ मसिनाबाट चरेश ३८ किलो ९ सय ७२ ग्राम, अफिम ११ किलो १ सय ८० ग्राम र डिजिटल तराजु १ थान सहित उनिहरुलाइ मंगलबार जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

Avatar
Website |  + posts