काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री ओेली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो ।
भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, भारतीय विदेशमन्त्री एस जयशंकर, प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल र दुवै देशका परराष्ट्र सचिवहरु सेवा लम्साल र विक्रम मिश्री, परराष्ट्रका प्रवक्ता अमृत राई र न्युयोर्कस्थित राष्ट्र संघका लागि स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा पनि सहभागी थिए
आधा घण्टा भएको भेटवार्तामा दुई देशका बीचमा देखिएका कतिपय अष्पष्टताहरुलाई कुटनीतिक संयन्त्र बनाएर समाधान गर्ने सहमति भएको छ । यसअघि नै बनेको इपिजी नै सक्रिय गराउने वा नयाँ संयन्त्र बनाउने भन्नेबारे स्पष्ट हुन सकेको छैन ।
प्रधानमन्त्री ओलीले भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको र भेट फलदायी भएको भेट फलदायी भएको ट्वीट गरेर जानकारी दिएका छन् । उनले भेट फलदायी भएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले भुटानका प्रधानमन्त्री छिरिङ्ग तोग्बे, कतारका राजकुमार शेख सबाह लगायतसँग पनि साइडलाइन भेटवार्ता गरेका छन् ।

