प्युठान नौबहिनी गाउँपालिका वडा न ५ डामृकि ४६ वर्षीया जलसरा के.सी. को सर्पको टोकाईबाट ज्यान गएको वडा अध्यक्ष दलराज पुनले जानकारी दिनु भएको छ !
शौचालयमा सफा गर्ने क्रममा केसीलाइ सर्पले टोकेको थियो । नौबहिनीको डामृमा घर भएपनि उनिहरुको परिवार मल्लरानी गाउँपालिकाको चुजामा बस्दै आएको थियो ।
स्वर्गद्वारी नपा ९ लामाचौरमा रहेको शर्पदंश उपचार केन्द्रमा उपचारका क्रममा के.सी. को मृत्यु भएको हो । बेहोस अवस्थामा उपचार केन्द्रमा पुर्याइएकि केसीको उपचारमा प्रयास गरेपनि सुधार नभएको उपचार केन्द्रबाट प्रमुख हेमराज पौडेलले बताए ।

