घाेराही, ५ असाेज । नेकपा एमाले घोराही उपमहानगर कमिटीको दोस्रो अधिवेशन शनिबार घोराहीमा शुरु भएको छ । नगर कमिटी कार्यवाहक अध्यक्ष तारा पुरीको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको प्रमुख आतिथ्यमा अधिवेशन सुरु भएको हो । महासचिव पोखरेलले मिसन ८४ सफल बनाउने गरि नेतृत्व निर्माण गर्न आग्रह गर्नु भयो ।

एमाले धेरै जनताले मन पराएको पार्टी भन्दै महासचिव पोखरेलले ८४ मा एकल बहुमत स्थापित गर्नेगरी लाग्न निर्देशन समेत दिनुभयो । सो अवसरमा एमाले पोलिट्ब्युरो सदस्य नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रिय सदस्यहरू जीवन गौतम, सीता सिग्देल न्यौपाने, साजिदा सिद्दिकी लगायतले बोल्नु भएको थियो । सो अवसरमा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएको भन्दै देवी पोखरेल, सेनराज शाह, शम्भु गौतम र नरुलाल चौधरीलाई सम्मान गरिएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Avatar
Website |  + posts