शिद्धबाबा युबा क्लब द्वारा आयोजित भलिबल प्रतियोगिता बिहीबार सम्पन्न भएको छ। खुल्ला पुरुष भलिबल प्रतियोगिता क्लबका अध्यक्ष मोहन केसीको आथित्यतामा भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नौबहिनी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य अमर बहादुर केसी रहनुभएको थियो।
६ समूह सहभागी भएको कार्यक्रममा प्रथम द्वितीय तृतीय क्रमश सिद्धबाबा युवा क्लब आयोजक ए प्रथम नौबहिनी युथ क्लब बहाने द्वितीय र पिपलटारी युवा क्लब पिपलटारी तृतीय हासिल गरेको थियो।
पुरस्कार प्रथम द्वितीय र तृतीय लाई ५००० मेडल र प्रमाणपत्र,३००० मेडल र प्रमाणपत्र २००० मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रम प्रमुख अतिथि अमर बहादुर केसीले खेलाडीले जितको शुभकामना दिँदै खेलाडीलाई अघि बधनको थप हौसला प्रदान गर्नु भएको छ। कार्यक्रमको सहजीकरण सुबास के सी ले गर्नुभएको थियो।

