हिजो असार ८ गते अर्थात भुमेपुर्णिामाको दिन अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वडा न. २ स्थित भुमिकाथानमा मालारानी ८, बाजाखर्कका युवाहरूद्वारा निर्घात रूपमा कुटपिट गरि स्थानीय शिव पौडेल र कासी पुजाली गम्भीर घाइते भएका छ्न ।
शिव पौडेलको शरीरको विभिन्न अङ्गमा चोट लागेको छ भने कासी पुजालीको टाउकोमा गहिरो चोट लागेको छ । दुबै जनालाई अर्घाखाँची जिल्ला अस्पतालबाट बुटवल रिफर गरिएको छ । त्यस्तै गरी ७२ वर्षीय वृद्ध पदम पौडेलको एउटा दात झरेको र अन्य दातहरु कम्जोर अवस्थामा रहेका छन । वृद्ध महिला विष्णु कुमारी पौडेलले थाहा पाई गुहार माग्दा उनलाई पनि उक्त समुहले निर्घात रुपमा कुटपिट गरि घाइते बनाएको साथै १४ वर्षीय पुणिमा भुसालले बेहोस अवस्थामा रहेका वृद्ध बुबालाई उद्वार गर्दा लछारपछार गरि घाइते बनाएको भनी पिडित शिव पौडेलले नेपाल प्रेस खबरलाई जानकारी गराउनु भएको छ ।
कुटपिट गरीसकेपछि भाग्ने समयमा स्थानीयले एक जनालाई समाएर प्रहरी चौकी ढाकावाङलाई बुझाएको र उक्त चौकीले जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा बुझाइएको भनी प्रहरीले जानकारी दिएको छ । उक्त घटना शिव पौडेलको घरको लिचीको बोटमा ६ जना युवाहरु चढेको र शिव पौडेलले बिना इजाजत किन चढेको भन्दा एकाएक उहाँ माथी आक्रमण गरेको भनी त्यहाँका स्थानीयहरुले बताएका छ्न ।
सो समुहले भुमेमन्दिर मेलाको नाचगानको क्रममा हो- हल्ला गर्ने, अनावश्यक शब्दहरु प्रयोग गर्ने, अनैतिक गतिविधि दिउँसो देखि नै गरेको भनी प्रहरीले जनाएको छ ।

