प्युठान । नौबहिनी गाउपालिका वडा नम्बर ६ लुङ स्थित रिजाल बन्धुहरुको कुलघर मन्दिको गेट तोडफोड भएको छ ।
बिहान स्थानीयले गेट तोडफोड भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी, जनप्रतिनिधि घटना स्थल पुगेका छ्न । चोरीको शंका गरेका छ्न ।

मुल धामी, पुजारा घटनास्थलमा पुगेपछि मात्रै मुख्य स्थानमा छिर्ने परम्परा रहेकोले घटनाको पुर्ण विवरण आउन केहि समय लाग्ने देखिन्छ ।

