दाङमा फेरि गर्मी अत्याधिक बढ्न थालेपछि दाङका चार पालिकाले विद्यालय पुनः बन्द गरेका छन् । घोराही उपमहानगरपालिकाले जेठ ३१ र ३२ गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीका अनुसार विद्यार्थीहरुमा स्वास्थ्य समस्या आएको गुनासो आएपछि विद्यालय बन्द गरिएको हो । उहाँका अनुसार बर्षे विदाबाट कटौति हुने गरि गर्मी विदा गरिएको हो ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। जेथ ३१ र ३२ गते विदा दिने निर्णय भएको शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बताउनुभयो ।

