काठमाडौं,२७ जेठ । आज सुनको भाउ ४ हजार रुपैयाँले घटेको छ । सुन तोलामा एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको भाउ एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेर एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोला एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

