काठमाडौं । टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानले ६ बलमा १० रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जाडे । यसअघि खेल निर्धारित ओभरमा रोमाञ्चक बराबरीमा टुंगिएको थियो । त्यसपछि खेल सुपर ओभरमा पुगेको थियो ।

Avatar
Website |  + posts