आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आजदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडालाइ ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।

टेक्सासको डालासस्थित ग्रान्डप्रेरी क्रिकेट मैदानमा १९५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले मात्र ३ विकेटको क्षतिमा १७ ओभरमै पुरा गर्‍यो । टस हारेर पहिले ब्याटीङ क्यानडाले ५ विकेटको क्षतिमा १९४ रनको योगफल तयार पारेको थियो । दुवै टोलीले पहिलो पटक विश्वकपमा सहभागिता जनाइरहेका छन्

Avatar
Website |  + posts