नयाँ शैक्षिक सत्रका लागि आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने नाराका साथ अभियान शुरु भएको हो । अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन तथा घरदैलोलगायतका कार्यक्रम हुनेछन् । अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको लक्ष्य छ ।

विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्न अभियान केन्द्रित हुनेछ । अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया हुँदैछ ।।

Avatar
Website |  + posts