सुवास क्षेत्री
दाङ्ग घोराही -आज बिहिबार बाट जिल्ला क्याम्पसस्तरीय स्ववियु कप भलिबल प्रतियोगिता–२०८० सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस दाङको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गरेका छन् ।
क्याम्पसको खेल मैदानमा भएको प्रतियोगितामा दाङ जिल्लाका १५ वटा क्याम्पस बाट सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमलाई २ वटा पोलमा विभाजन गरी खेलाइएको छ । नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको फाइनल खेल चैत १० गते हुने आयोजकले बताएको छ।
प्रतियोगिताको प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु चालिस, बिस,दश हजार ट्रफि, मेडल र प्रमाण–पत्र पाउने छन् भन्ने उत्कृट ६ विदामा पनि पुरस्कार रहेको खेल आयोजक समितिको संयोजक पोख्रेलले जानकारी दिए।
स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पसका अध्यक्ष मनोज डिसिको अध्यक्षता भएको कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष ममता केसिले राखेकि थिईन् भने सहजीकरण सचीव वसन्त भण्डारी गरेका थिए ।

