
सुबास क्षेत्री
दाङ। प्रहरीले दाङबाट लागु औषध चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा प्युठान स्वर्गद्धारी नगरपालिका वडा नं. २ बस्ने बर्ष ३९ को निम बहादुर आले, नौबहिनी गाउँपालिका वडा नं.२ बस्ने बर्ष २१ की देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका वडा नं.७ बस्ने बर्ष २९ को प्रकास घर्ती मगर छ्न।
उनीहरुको साथबाट २४ किलो ७१० ग्राम चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता, प्रहरी नायव उपरीक्षक इश्वर थापाले जानकारी दिनुभयो।
दाङ घोराही उप-महानगरपालिका वडा नं.१३ सिर्जनशिल टोल स्थित कुल बहादुर बस्नेतको घरको तल्लो फल्याटमा बस्दै आएको डेराकोठा तथा निजहरुको शरीर खानतलासी गर्दा निम बहादुर र देउकलीले प्रयोग गर्दै आएको भान्साकोठामा ड्रम भित्र लुकाई राखेको अबस्थामा चरेश बरामद गरिएको प्रहरीले बताएको हो।
गोप्य सुचनाको आधारमा उनीहरुलाई पिछा गर्दै जाँदा बुधबार उनिहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।