दाङमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घोराही–मुर्कुटी सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–४ र १ को सिमाना नजिक औलाबास क्षेत्रमा बुधबार दुर्घटना भएको हो।
स्वर्गद्वारी दर्शन गरी दैलेख फर्किँदै गरेको लु.प्र.०१–००१ च ०६७१ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा जिपमा सवार चार जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

