राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई प्रभावकारी, समन्वयात्मक तथा सहजीकरण गर्ने उद्देश्यले देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको जनाएको छ। पार्टीले केन्द्रीय सदस्य, सांसद, सङ्घीय नेतृत्व मञ्च तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई जिल्लागत जिम्मेवारी प्रदान गर्दै संगठन विस्तार र अधिवेशनलाई व्यवस्थित ढंगले सम्पन्न गर्ने तयारी थालेको हो।
यसै क्रममा प्युठान जिल्लाका लागि पनि प्रतिनिधिहरूको टुंगो लगाइएको छ। प्युठानबाट **हेमराज पोखरेल उपाध्याय**, **अर्जुन बहादुर अधिकारी** र **चोक प्रसाद धिताल** केन्द्रीय विभागको प्रतिनिधिका रूपमा खटाइएका छन् भने **सुशान्त वैदिक** सांसद तथा समन्वयकर्ताको भूमिकामा जिम्मेवारी तोकिएका छन्। पार्टीले आगामी भेला तथा अधिवेशनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन जिल्लागत जिम्मेवारी बाँडफाँट गरिएको जनाएको छ।

