नेपालको समकालीन राजनीतिमा बालेन्द्र शाह को उदयसँगै अनेकौं नयाँ कीर्तिमानहरू स्थापित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्री बनेसँगै उनले परम्परागत राजनीतिक संरचनाभन्दा फरक छवि प्रस्तुत गरेका छन्।

सबैभन्दा पहिले, उनी रास्वपाबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बनेका छन् भने मधेशी मूलका पहिलो प्रधानमन्त्रीको रूपमा पनि इतिहास रचेका छन्। त्यस्तै, लोकतन्त्रपछिका सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्न सफल भएका शाह विश्वमै बहाल रहेका कम उमेरका प्रधानमन्त्रीहरूमध्ये पनि पर्छन्।

राजनीतिमा छोटो समयमा उच्च स्थान हासिल गर्ने क्रममा उनले राजनीतिमा प्रवेश गरेको छोटो अवधिमै प्रधानमन्त्री बन्ने कीर्तिमान कायम गरेका छन्। साथै, लोकतान्त्रिक प्रणालीभित्र सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा उनको उदयलाई धेरैले विशेष रूपमा हेरेका छन्।

पेसागत रूपमा इन्जिनियर रहेका शाह इन्जिनियरबाट प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति बनेका छन् भने काठमाडौं महानगरपालिकाका मेयरबाट सिधै प्रधानमन्त्री बन्ने पहिलो उदाहरण पनि स्थापित गरेका छन्। अझ विशेष कुरा, आफ्नो लागि प्रत्यक्ष रूपमा एक भोट पनि नमागी प्रधानमन्त्री बन्ने दुर्लभ कीर्तिमान समेत उनले बनाएका छन्।

यी सबै उपलब्धिहरूले बालेन्द्र शाहको राजनीतिक यात्रा केवल असामान्य मात्र नभई नेपाली राजनीतिमा नयाँ सम्भावनाको संकेतका रूपमा समेत हेरिएको छ।

Avatar
Website |  + posts