सुवास क्षत्री
घाेराहि १९ फाल्गुन -दाङको घोराहीमा हुने तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल फागुनको २० गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ।
जिल्लामा भलिबल खेलको विकाससँगै खेलाडीहरुको क्षमताअभिवृद्धिका लागि नेपाली कांग्रेस स्वर्गीय नेता पूर्व खुमबहादुर खड्काको स्मृतिमा घोराहीस्थीत जिल्ला समन्वय समितिको मैदानमा हुन थालेको हाे । आयोजक नेपाली कांग्रेस दाङका अनुसार प्रतियोगितामा जिल्लाका नौ वटा स्थानीयहरुको सहभागिता हुने भएको छ ।
लिगकम नकआउटका आधारमा खेलाइने खेलको बिजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयासहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी द्वितिय हुने टिमले १ लाख २५ हजार, तृतिय हुने टिमले नगद ५० हजार र सान्तोना हुने टिमले नगद २० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको आइतवार दिउँसो १२ बजे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्नुहुने भएको छ ।
