त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको चौथो खेलमा नेपाल विजयी भएको छ । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपालले आजको रोमाञ्चक खेलमा नामिबियालाई ३ रनले पराजित गरेको हो । टीयू क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १ सय ८० रन बनाएको थियो । १ सय ८१ रनको लक्ष्य पच्छ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७७ रन मात्र बनाउन सक्यो ।
