प्युठानको ऐरावती गाउँपालिकाले मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिएको छ। पालिकामा मगर समुदायको बाहुल्यता रहेकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको दिन पालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाको मिति २०८०/११/१३ गतेको बैठकबाट निर्णय भएको पालिकाले जनाएको छ ।
