प्युठानको झिमरुक गाउँपालिका ३ पिपलवोटमा आमाछोरा एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । झिमरुक गाउँपालिका ३ पिपलवोट निवासी छोरा २२ वर्षिया विशाल खड्का र आमा ३३ वर्षीय विष्णा खड्का रहेको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एम.सीले बताएका छन् ।
उनका अनुसार राती सुतेको समयमा ११ बजेदेखि हराएको १३ वर्षीय छोरीले स्थानीयलाई खबर गरेपछि खोजतलास गर्दै जाँदा नीज आमा छोरालाई एउटै रुखमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेका हुन् । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । अहिले घटनाको बारेमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलतर्फ गइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

