प्युठानको स्वर्गद्वारीमा जिप दुर्घटना :एक जनाकाे मृत्यु पाँच जना घाइते भएकाछन्! बिहिबार स्वोर्गद्वारी नगरपालिकाको सारी देखि डाँडागाउ जाने क्रममा स्वोर्गद्वारी नगरपालिका ५ आमडाँडामा डबल क्याप जिप अनियन्त्रित भइ सडक बाट करिब २० मिटर तल खोल्सामा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खानालने जानकारी दिनुभयो ।

मृर्त्यु हुनेमा स्वर्गद्वारी नगरपालिका ५ डाँडागाउका ६८ बर्षीय झमी घर्ति मगर रहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो । घाइते ५ जनाको भिंग्री स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Avatar
Website |  + posts