प्युठान जिल्लाको नौबहिनी गाउँपालिका–६, लुङ निवासी १९ वर्षीय मधु सुनार मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ। मिति २०८३ साल जेठ ३ गते फेरा सामुदायिक वनअन्तर्गतको खोल्सामा सुनार मृत अवस्थामा फेला परेका थिए। घटनापछि मृतकका आमाले किटानी जाहेरी दिएपछि प्रहरीले संलग्न आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सोही वडाका ४२ वर्षीय केशब के.सी., ३० वर्षीय गोविन्द घर्ती, २६ वर्षीय नरेन्द्र के.सी., ३१ वर्षीय बसन्त बहादुर घर्ती तथा १९ वर्षीय युवराज के.सी. रहेका छन्। उनीहरूमाथि ज्यान सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले प्युठान जिल्ला अदालतबाट मिति २०८३ साल जेठ ४ गते पाँच दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ। घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको र थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ।

Avatar
Website |  + posts