दोहा, कतार केशर बहादुर के,सी,

प्युठान सेवा समाज दोहा कतार ले आफ्ना संस्थापक महासचिव एवं पूर्व अध्यक्ष हिमाल बिक्रम सिंह की ममतामयी आमा, झिमरुक गाउँपालिका–४ कौछे निवासी माया देवी जीसीको स्मृतिमा मिति १५ मे २०२६ मा एक शोक सभा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना सहित एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा कतारमा रहेका विभिन्न प्यूठानी तथा गैर–प्यूठानी समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।

शोक सभामा उपस्थित पदाधिकारी, सदस्य तथा अतिथिहरूले स्वर्गीय माया देवी जीसीको तस्वीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै वक्ताहरूले दुःखको यस घडीमा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै स्वर्गीय व्यक्तित्वको योगदान र पारिवारिक मूल्यको स्मरण गरेका थिए। कार्यक्रममा सहभागी सबैले एकताबद्ध भएर दुःखमा साथ दिने भावनालाई अझ मजबुत बनाएको बताएका थिए।

कार्यक्रम संस्थाका अध्यक्ष सिताराम सुनार को अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कमल आचार्य ले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख संरक्षक बलदेव राना उपस्थित रहेका थिए। विशेष अतिथिहरूमा केशर बहादुर केसी, भेषराज जीसी, अमर बहादुर केसी तथा आसिस सुनार लगायतको उपस्थिति रहेको थियो। वक्ताहरूले आ–आफ्ना धारणा राख्दै सामाजिक एकता र मानवीय संवेदनाको महत्वमाथि जोड दिएका थिए।

Avatar
Website |  + posts