आज देशभर लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। वि.सं. २०६३ सालको ऐतिहासिक जनआन्दोलन–२ को सफलतापछि निरंकुश राजतन्त्रको अन्त्य भई जनताको सार्वभौमसत्ता स्थापित भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ। उक्त जनआन्दोलनले नेपाललाई लोकतान्त्रिक प्रणालीतर्फ अग्रसर गराउँदै नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा विधिको शासन स्थापना गर्ने आधार तयार गरेको थियो।ˆ

लोकतन्त्र दिवसको अवसरमा राष्ट्रका विभिन्न निकाय, राजनीतिक दल तथा संघ–संस्थाहरूले शुभकामना सन्देश आदान–प्रदान गर्दै शहीदहरूको योगदानको स्मरण गरेका छन्। साथै लोकतन्त्रलाई संस्थागत गर्दै सुशासन, पारदर्शिता र सामाजिक न्याय सुनिश्चित गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको छ। यस दिवसले विगतका संघर्षलाई सम्झँदै लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउने प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

Avatar
Website |  + posts