प्यूठान — नेपाली कांग्रेस जिल्ला कार्य समिति प्यूठानले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को परिणामबारे समीक्षा गरेको छ। पार्टीले निर्वाचनमा सहभागी भई लोकतान्त्रिक अभ्यासलाई सफल बनाउन सहयोग गर्ने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेको छ।

जिल्ला कार्यसमितिको बैठकले निर्वाचनमा विजयी भएका प्रतिनिधि सभा सदस्य सुरेश चन्दलाई बधाई दिँदै प्यूठानको विकास र समृद्धिका लागि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। साथै पार्टीका उम्मेदवारको पराजयका कारणहरूको प्राविधिक तथा राजनीतिक रूपमा समीक्षा गर्दै संगठन सुदृढीकरणमा ध्यान दिने निर्णय गरेको जनाएको छ। पार्टीले आगामी दिनमा जनताको सुख–दुःखमा साथ दिँदै लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र जिल्लाको विकासमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

Avatar
Website |  + posts