प्युठान — प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐतिहासिक सफलता हासिल गर्दै ‘कम्युनिस्टको गढ’ मानिने प्युठानमा विजय हासिल गरेको छ। यस निर्वाचनमा रास्वपाका सुशान्त वैदिक २७ हजार ४६९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका सूर्य थापा तेस्रो स्थानमा रहेका छन्।

निर्वाचनमा कुल १४ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएकामा सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका राष्ट्रिय जनमोर्चासहित ९ उम्मेदवारको जमानत जफत भएको छ। जमानत जफत हुनेमा श्रम संस्कृति पार्टी, नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका उम्मेदवार रहेका छन्। प्युठानमा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेकामा ८४ हजार ४३३ मत खसेको थियो।

Avatar
Website |  + posts