नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगनकुमार थापालाई पार्टी सभापतिमा सर्वसहमति रूपमा चयन गरेको छ। चार दिनसम्म चलेको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको साझा सहमतिबाट थापा सभापति चयन भएका हुन्। त्यस्तै उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।
सहमहामन्त्रीतर्फ महिलाबाट डा. डिला संग्रौला पन्त, दलितबाट प्रकाश रसाइली, आदिवासी–जनजातिबाट बहादुर सिंह लामा, खस–आर्यबाट उदय शम्शेर राणा, मधेसीबाट मुक्ताकुमारी यादव, मुस्लिमबाट फर्मुल्ला मन्सुर, थारूबाट योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका छन्।

