प्युठान जिल्लाको प्रमुख सांस्कृतिक स्थलहरूमध्ये एक लुप्लुङको देवाली आउँदो मङ्सिर ११ र १२ गते हुने भएको छ। पाँच वर्षमा एकपटक मनाइने यो देवाली मङ्सिर ११ गते कुलघर अर्थात् सङ्ग्रहालयमा जागन तथा मङ्सिर १२ गते कुलघर (मन्दिर) मा बोलिदिने कार्यक्रम सहित सम्पन्न हुने भण्डारी समाजले जनाएको छ।

देवालीको तयारी अहिले तिव्रगतिमा भइरहेको छ। लुप्लुङस्थित कुलघरलाई “धनञ्जय सङ्ग्रहालय” का रूपमा विकास गर्ने कार्य अन्तिम चरणमा पुगेको भण्डारी समाजले जनाएको छ। साथै, कुल मन्दिरको पुनःनिर्माण र अन्य संरचना निर्माणका काम पनि निरन्तर जारी छन्।
भवन निर्माणका लागि हालसम्म करिब ५५ लाख रुपैयाँको सहयोग जुटिसकेको छ भने कुल सङ्ग्रहालयको करिब ८५ प्रतिशत काम पूरा भइसकेको भण्डारी समाज निर्माण समितिका अध्यक्ष मधुसुधन भण्डारीले जानकारी दिएका छन्।

