नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल तथा मेसेजिङ प्लेटफर्महरु प्रतिबन्धित भएपछि भाइबर प्रयोगकर्ता आकस्मिक रूपमा बढेका छन्। सरकारले गत बिहीबारदेखि ह्वाट्सएप, मेसेन्जर, आईएमओ लगायतका २५ वटा प्लेटफर्म सञ्चालनमा रोक लगाएपछि नेपाली प्रयोगकर्ताहरू वैकल्पिक रूपमा भाइबरतर्फ आकर्षित भएका हुन्।

यसैक्रममा भाइबर अहिले नेपालमा सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको छ। केही दिनअगाडि डाउनलोड सूचीमा ८०औं स्थानभन्दा पछाडि रहेको भाइबर अहिले एक नम्बरमा उक्लिएको तथ्यांकले देखाएको छ।

विशेषज्ञहरूका अनुसार तत्काल सम्पर्क राख्ने सहज विकल्प नपाएपछि धेरै नेपाली प्रयोगकर्ताले भाइबर रोजेका हुन्। यसले छोटो समयमा नै भाइबरलाई नेपाली प्रयोगकर्ताबीच प्राथमिकता दिलाएको छ।

Avatar
Website |  + posts