काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान हिमालयन एयरलाइन्सको चार्टर्ड उडानमार्फत चीनको तियानजिनतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उहाँले चीन भ्रमणका क्रममा उच्चस्तरीय द्विपक्षीय वार्ताहरू गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले तियानजिनमा हुने शङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिनुहुनेछ । सो क्रममा चीन, रुस लगायत छ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता हुने तय भएको छ ।

यसबाहेक ओलीले एससीओ प्लस शिखर सम्मेलनमा पनि सम्बोधन गर्नेछन् । उहाँले बुधवारसम्म चीनमा रहने कार्यक्रम छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सम्मेलनमा सहभागी हुन चीन जाने तयारीमा हुनुहुन्छ । ओली–मोदी भेटबारे भने अहिले औपचारिक जानकारी दिइएको छैन ।

Avatar
Website |  + posts