आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर जनै पूर्णिमा, रक्षाबन्धन तथा ऋषितर्पणी पर्व विधिपूर्वक मनाइँदैछ। वैदिक परम्पराअनुसार तागाधारी समुदायले स्नान, ऋषितर्पण र मन्त्रिएको नयाँ जनै फेरेर आत्मशुद्धि गर्ने गर्छन्। गुरु पुरोहितबाट दाहिने हातमा रक्षासूत्र बाँध्दा नकारात्मक शक्तिबाट रक्षा हुने विश्वास छ।

यस दिन क्वाँटी खाने प्रचलन छ, जसलाई रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक महत्वसहितको परिकार मानिन्छ। तराईमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर प्रेम र स्नेहको बन्धन मजबुत पार्ने चलन छ।

मणिचूड, गोसाइँकुण्ड, कुम्भेश्वरलगायत तीर्थस्थलमा मेला लाग्ने परम्परा भए पनि स्वास्थ्य जोखिमका कारण धेरै स्थानमा यस वर्ष मेला स्थगित गरिएको छ। यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।

Avatar
Website |  + posts