सिन्धुलीबाट एकैसाथ सम्पर्कविहीन भएका हायू परिवारका १६ सदस्य पोखराको गगनगौडामा फेला परेका छन्।

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार उनीहरू रिजर्भ गाडीमार्फत पोखरा आएका थिए। शनिबार लेकसाइडको होटेल जननीमा बसेपछि आइतबार होटल छाडेका उनीहरू सोमबार स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको जनाइएको छ।

प्रहरीले सबैलाई सुरक्षित अवस्थामा फेला पारेको र घर फर्काउने तयारी भइरहेको जानकारी दिएको छ।

Avatar
Website |  + posts