प्यार अलि खान

प्युठानकी स्नेहा केसीले ‘मिस सुपर ग्लोबल नेपाल २०२५’ को उपाधि जित्न सफल भएकी छिन्। काठमाडौंमा सम्पन्न राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसहित नगद, गिफ्ट ह्याम्पर र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी हुन्।

प्रतियोगिता आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गरेको हो। निर्देशक राम केसीका अनुसार अब स्नेहाले ‘मिस सुपर ग्लोबल इन्टरनेशनल २०२५’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

निर्णायकहरूद्वारा सौन्दर्य, आत्मविश्वास, प्रतिभा र सामाजिक उत्तरदायित्वका आधारमा विजेता छनोट गरिएको हो। विजेता स्नेहाले यो सफलता प्यूठान र सम्पूर्ण नेपाली युवतीहरूका लागि समर्पित गरेको जनाउँदै अन्तर्राष्ट्रिय मञ्चका लागि तयारी सुरु गरिसकेको बताएकी छिन्।

Avatar
Website |  + posts