स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले आगामी तीन दिन अत्यधिक वर्षाको सम्भावना रहेकाले देशभरका सबै जलविद्युत् आयोजनालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार पूर्वी नेपालमा कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी लगायतका नदीमा बाढी आउन सक्ने सम्भावना उच्च छ। मौसम प्रणाली पश्चिमतर्फ सर्दै गएर बागमती, नारायणी, राप्ती, बबई र महाकाली नदी क्षेत्रमा पनि प्रभाव पार्न सक्ने देखिएको छ। विगतमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको स्मरण गराउँदै इप्पानले सबै निर्माणाधीन तथा सञ्चालनमा रहेका आयोजना तयारी अवस्थामा रहन आग्रह गरेको हो।

Avatar
Website |  + posts