प्युठान — पटक–पटक अघोषित रूपमा बत्ती जाने समस्याप्रति नेपाल तरुण दल प्युठानले आपत्ति जनाउँदै सोमबार जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ।
तरुण दल प्युठानका अध्यक्ष कृष्ण प्रसाद बसेल (रोयल कृष्ण) का अनुसार विद्युत उत्पादन गर्ने जिल्लामा यस्तो समस्या हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै जनताको अधिकार कुण्ठित भएको बताएका छन्।
ध्यानाकर्षण पत्रमा बत्ती नहुँदा कृषि उत्पादन प्रभावित भएको र जनता उपेक्षित महसुस गरिरहेको जनाइएको छ।
समस्या तत्काल समाधान नभए चरणबद्ध दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी पनि तरुण दलले दिएको छ।

