नौबहिनी, प्युठान – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नौबहिनी गाउँपालिका अन्तर्गतको समितिमा सर्वसहमत रूपमा नयाँ नेतृत्व चयन गरिएको छ। पार्टीको संगठन पुनर्गठनको क्रममा ४५ सदस्यीय समिति गठन गरिएको हो।ने क पा माओवादी केन्द्र नौबहिनी गाउँपालिका समितिको नयाँ नेतृत्व चयन

नवगठित समितिको अध्यक्षमा ईश्वरी प्रसाद रिजाल चयन हुनुभएको छ। उहाँको नेतृत्वमा सहमति अनुसार उपाध्यक्षहरूका रूपमा तारा विक, चित्र बहादुर बुढा मगर (शक्ति), र वीर बहादुर घर्ति मगर चयन हुनुभएको छ।

त्यसैगरी, स-सचिवमा दुर्गा प्रसाद सुबेदी र सचिवमा कमल बहादुर घर्ति मगर नियुक्त हुनुभएको छ। कोषाध्यक्षको जिम्मेवारी दीपा घर्ति मगरले पाउनु भएको छ।

Avatar
Website |  + posts