काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र र गणतान्त्रिक मुलुकमा अराजकता स्वीकार्य नहुने बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज शुक्रबार सार्वजनिक गर्ने संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अहिले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् । गत चैत १५ गते राजावादी आन्दोलनको घटनालाई लक्षीत गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्र र गणतान्त्रिक मुलुकमा अराजकता स्वीकार्य नहुने बताएका हुन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८२—८३ को नीति तथा कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

Avatar
Website |  + posts