काठमाडौँ । मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा छोड्दा न्याया जिउँदो भनेर खुशी व्यक्त गर्ने र उल्टिदा गाली गर्नुको कुनै तुक नभएको बताउनु भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि ढकालले सामाजिक संजाल फेसवुकमा लेख्दै उति बेला नै धेरै खुशी नहुन सुझाव दिएको बताउदै आफु अनुल हुँदा ठिक र प्रतिकुल हुँदा बेठिक भन्ने परिपाटी सबैका लागि गलत भास्य भएको बताउनुभयो । ढकालले रविलाई बिदा गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्माणमा लाग्न अपिल गर्नुभएको छ । रविलाई सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुने र पार्टी पनि बन्ने दिशामा अघि बढ्ने उहाँले बताउनुभयो ।

ढकालले सामाजिक सञ्जालमा लेख्नुभएको छ – ‘जिल्लाको धरौटी आदेश, उच्चको थुनामा , सर्वोच्चमा के हुने हो ? मानिलिऔँ, सर्वोच्चले छोडिहाले, फेरी जिल्लाको फैसलामा जान सक्छन् । फेरी उच्चले छोड्न सक्छ । अनि फेरी सर्वोच्चले लान सक्छ । १८–२० वटा अदालतको गोलचक्कर छ । धरौटीमा छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेका थिए । मैले त भनेकै थिए, धेरै खुशी नहुनु । तर खुशी भएपछी, कसको के लाग्छ र , बधाई दिए । अब अदालतलाई गाली गर्नुको के तुक रहन्छ र ! हिजो जसरी अदालतको फेसलाको स्वागत गरिएको थियो, त्यसरी स्वागत गर्ने ।

अतः असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव – रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ , यो प्रस्तावमा नआइ सुख छैन । रवि दाइलाई राजनीतिबाट बिदा गरी, राष्ट्रीय स्वतन्त्र पार्टी निर्माणमा लागौँ । यसले दाइलाई पनि सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ ।

असारमा भनेको कुरा चैत्र लाग्दासम्म पनि बुझ्न सकेनौँ भने, राजनीति के गर्छौ ? छोडिदिए हुन्छ । अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो । रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु हो । अनि मात्र नेपाल, नेपाली जनता, विधिको शासन र नैतिक मुल्यमान्यताको राजनीतीलाई न्याय मिल्छ । अन्त्यमा , रवि दाइले मलाई बोलेको अन्तिम वाक्य थियो –“देख्यौ, शुन्यमा पुर्याए तिमीलाई ।“ हुन त मैले समीक्षा प्रतिवेदनमा नै शुन्यबाट यात्रा शुरू गर्दै छु भनेर लेखेको थिएँ । दाइलाई सुनाइदिनु होला , “दाइ, म शुन्य थिएँ, शुन्य छु र शुन्य नै रहुँला, तर अब तपाईं कति ? ’

Avatar
Website |  + posts