घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा अवस्थित शुभ प्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनको विषयले उग्र रूप लिएपछि प्रहरीमा जाहेरी परेको छ। विद्यालयका प्रधानाध्यापक रूद्र बुढामगरले घोराही १४ का वडाध्यक्ष भानसिङ बुढामगरले आफूमाथि हातपात गरेको भन्दै गम्भीर आरोप लगाएका छन् । विवाद उत्कर्षमा पुग्दा झडप भएको बताइएको छ ।
वडा अध्यक्ष घर्तिसहित ३ जना विरुद्ध प्रधानाध्यापक घर्तिले जिल्ला प्रहरी कार्यालयमा बिहिबार जाहेरी दिएका छन । उनले कुनै हालतमा जाहेरी फिर्ता नलिने बताए । जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख चक्रबहादुर शाहले पिडितको तर्फबाट घर्तिले प्रहरी कार्यालयमा जाहेरी दिएको बताए । उनले जाहेरीमाथी प्रहरीले अनुसन्धान गरेर दर्ता हुने बताए । उनले उनिहरु विरुद्ध अभद्र ब्यबहारमा जाहेरी परेको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिको गठनका लागि आयोजित भेलामा प्रधानाध्यापक रूद्र बुढा मगरले निर्णय लेख्न नमान्दा विवाद भएको हो।विवाद चुलिदै गएपछि बैठकमै वडाध्यक्षले हात हालेर आफूलाई भुइँमा लडाएपछि अन्य व्यक्तिहरूले मुक्का र लात्तीले आक्रमण गरेको प्रधानाध्यापक रूद्र बुढा मगरको आरोप छ।
यस विषयमा वडाध्यक्ष भानसिंह बुढाले प्रधानाध्यापकको आरोप अस्वीकार गर्दै विद्यालयमा गुण्डा बोलाएर आतंक सिर्जना गरिएको दाबी गरेका छन् । उनी भन्छन् “समितिको निर्णय लेख्न प्रधानाध्यापक तयार भएनन् । त्यसैबीच बाहिरबाट ल्याइएका व्यक्तिहरूले स्थिति तनावग्रस्त बनाए । मैले कसैलाई छोएको पनि छैन”।

