२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका-१ मनिगाउँ घर भएका २८ वर्षीय नेत्रबहादुर रोकाया छन् । उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

 

नेत्रबहादुरले ती युवतीलाई गढवा गाउँपालिका-३ गोवरडिहास्थित खेतमा लगेर बिहीबार राति जबर्जस्ती करणी गरेको उजुरी परेको थियो । पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

Avatar
Website |  + posts