सुवास क्षेत्री पुस २३ दाङ-सातौं घोराही मेयर कप फुटबल प्रतियोगिता २०८१आज सम्पन्न भएको छ ।वडा नम्बर १५ र १३ बिच भएको फाइनल फाईनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं १३ ले वडा नं १५ लाई २-० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।

वडा नम्बर १३ लाई जित दिलाउन रेवन बुढा र प्रमाेद बुढाले १-१ गाेल गरे । हजारौं दशर्ककाे उपस्थिति रहेकाे फाईनल खेल मा वडा नम्बर १३ ले अग्रता बनाउँदै खेलमा दवाव राख्दै अन्तिम समयमा अर्काे गाेल थपेर उपाधि हात पारेकाे हाे ।विजेताल ले नगद १ लाखसहित शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ । उपविजेता बनेको वडा नम्बर १५ ले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यसैगरी, प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर १३ का सुगम पुन हुनुभयो । उत्कृष्ट प्रशिक्षक वडा नम्बर १३ का इराक घर्ती, उत्कृष्ट गाेल रक्षक वडा नम्बर १३ कै भीम पुन, उत्कृष्ट मिड फिल्ड वडा नम्बर १३ का प्रमाेद बुढा, उत्कृष्ट रक्षापंक्तिमा वडा नम्बर १३ कै उज्वल कुमार चाैधरी हुनुभयो ।

यसैगरी, प्रतियोगिताभर खेलेको खेलका आधारमा वडा नम्बर १५ का सुशील बानियाँ सर्वाधिक गोलकर्ता बन्नुभएको छ । उहाँले कुल १४ गोल गर्नुभयो । वडा नम्बर १५ का जीवन बुढाथोकी उत्कृष्ट फरवार्ड हुनुभयो । प्रतियोगितामा सहभागी कुल १८ टीम मध्ये अनुशासित टीम वडा नम्बर १ बनेको छ ।
घोराही मेयर कप फुटबलमा प्रथम संस्करण वडा नम्बर १५ ले, दोस्रो र तेस्रो संस्करण वडा नम्बर १३ ले, चौथो र पाँचौं संस्करण वडा नम्बर १८ ले र छैठौं संस्करण वडा नम्बर १७ ले जितेको थियो ।
