काठमाडौं -नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदै छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको पहिलो संस्करणको एनपीएलमा आठ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दै छन्।
शनिबार मध्याह्न १२ बजेर १५ मिनेटमा सुरु हुने उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन समारोह हुनेछ । विराटनगर किंग्स नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दिप लामिछाने र जनकपुर नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर अनिल साहको कप्तानीमा मैदान उत्रिनेछन् ।

