काठमाण्डौं,१३ मंसिर । आज सुनको भाउ ३ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तीन सय रुपैयाँले घटेर तोलाको एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सरकारले सुनको भन्सार दर घटाएसँगै घट्न थालेको सुनको भाउ हिजो भने सामान्य बढेको थियो । हिजो सुनको भाउ नौ सयले बढेर तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

 

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ ३० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Avatar
Website |  + posts