बाबुराम के सी — प्युठानको नौबहिनी गाउँपालिका ६ लुङ लेकको मनबाङ मा सामाजिक कथामा आधारित सर्ट फिल्म “शान्ति” कोे शूटिंग सम्पन भएको छ I यसको लेखन/निर्देशन नारायण के सी गर्नु भएको छ । यसमा मुख्य भूमिका मा जेनिसा विष्ट, नारायण के सी, कविराज के सी, रेखा घर्ती, शंकर के सी, साथै मनोज के सी, बसन्ता के सी, मनिषा के सी कमला के सी, हरू समावेश हुनुहुन्छ,।
यसको छायांकन सुदन के सी ले गर्नु भएको छ। यसको व्यवस्थापन मनोज के सी ले गर्नु भएको छ। यस सर्ट फिल्मले समाजमा घटेको घटना, घरमा आमा नहुँदा छोरीले भोग्ने दुःख, तथा घरको सम्पूर्ण जिम्मेवारी बहन गर्नुपर्ने साथै जातीय बिभेद, पनि यसै सर्ट फिल्म मा देखाउन खोजिएको छ। र यसलाई NC ENTERTAINMENT You tube च्यानल द्वारा प्रदर्शन गरिने छ।


