प्युठान -नौबहिनी गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय तिज गीत प्रतियोगिता सभ्य र भव्य रुपले सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेको कार्यक्रम उत्सवमय र सान्दर्भिक भएको अपेक्षा गरेका छौं । नौबहिनीबासी प्रतियोगी महिला दिदिबहिनीहरुको उत्साहपुर्ण सहभागिता थियो भने आम सुवेच्छुक तथा दर्शकहरुको बाक्लो उपस्थिति थियो ।

यस आयोजनाबाट ५१ वटा महिला समूहहरु सहभागी भएका थिए। त्यस मध्य पहिलो हुन सफल नौबहिनी गाउँपालिका-५, डाम्री सानोडाम्री स्थित फुलबारी आमा समूह, दोस्रो नौबहिनी गाउँपालिका-६, लुङ्ग ढाँड स्थित मातृशिशु स्वास्थ्य आमा समूह र तेस्रो हुने असुराखेत स्वास्थ्य आमा समूह रहेको छ ।

Avatar
Website |  + posts