चितवन, ५ भदौ । चितवनको भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ । अस्पतालमा मंगलबार बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेको बताइएको छ । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो ।

 

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भने मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको बताउनुभएको छ । उहाँले बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको बताउनुभयो । यता मृतकका आफन्तहरूले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । मृतक महिलाको एक छोरी र एक छोरा छन् ।।

Avatar
Website |  + posts